List of books by publisher: बालसंसार प्रा. लि.

Showing 1 - 8 of 8 items
  • चित्रभित्र लुकेका शब्द

    छोरीले बनाएको चित्रका आधारमा आमाले लेखेका दुई पङ्क्तिका कविताहरूको सङ्कलन । यो सहसिर्जनाको एक उदाहरण हो ।

  • भोका डमरूहरू

    आठ बालकथा । सांस्कृतिक एवम् ऐतिहासिक विषयवस्तुसँग सम्बद्ध किंवदन्तीमा आधारित यस कथासङ्ग्रहलाई लेखकले ‘उत्पत्ति बालकथासङ्ग्रह’भनेका छन् । यी कथाहरू १० देखि १३ वर्ष उमेर समूहका बालबालिकाका लागि लेखिएका हुन् । कथाहरू रोचक एवम् जानकारीमूलक छन् ।

  • रङ्गीचङ्गी फूल

    नौ बालकविता । शीर्षक–फूल, मीठो बोली, पानी, नेपाल, तारा, कलम, चरी, आमाको माया, पुतली । ७ देखि १२ वर्षसम्मका उमेर समूहका बालबालिकालाई ध्यानमा राखी लेखिएका यी बालकविता लयात्मक छन् । लेखिकाको यो पहिलो बालकृति हो ।

  • रयार्इँ रयाइँ सारङ्गी

    बीस बालकविता । शीर्षक–च च हुई, कति राम्रो भाले, थरिथरिका मखुण्डो, सर्कसको जोकर, उफ्री हिँड्छ भ्यागुता, आयो चाड तिहार, छानामाथि बिरालो, छम्छम् गर्दै नाच्छिन् बहिनी, बिग्रन्छ है बानी, कति राम्रो रूख, मामाघर, हाम्रो घरको कुकुर, चरी गीत गाउँछे, जाडो भयो जाडो, कुकुर र बिरालो, फागु, किताब साथी, गाउँ र सहर, सानो छु म उमेरले...,रयार्इँ रयाइँ सारङ्गी ।

  • रिमोट कन्ट्रोल Remote Control

    सात बालकथा । ७ देखि १२ उमेर समूहका लागि कृति तयार गरिएको प्रकाशकको भनाइ छ । वर्णनभन्दा घटना र संवादका माध्यमबाट शिक्षा दिने प्रयास गरिएकाले कथा पठनीय हुन पुगेको छ । 

  • स्माइल प्लिज Smile Please

    यी कथाहरू सबै रोचक, ज्ञानवर्ध्दक र मनोरञ्जनपूर्ण हुनुका साथै नवीन विषयवस्तु र प्रस्तुतिशिल्पको नवीनताका कारण पनि अत्यन्त मीठा भएका छन् । कथाहरूले पर्यटनको प्रभाव, उपकरणको प्रयोग, कर्तव्यप्रतिको सजगता, खानपिनमा अपनाउनुपर्ने संयम, विभिन्न जनावरले मनपराउने खाना, भ्यागुताको जन्मप्रक्रियालगायतका विषयलाई प्रस्तुत गरेका छन् । 

  • हाम्रा कथा (बालकथासङ्ग्रह–२)

    पच्चीस बालकथा । बालकथासङ्ग्रह शृङ्खलाको दोस्रो भाग ।

Information

    Writers

    Publishers