बाल कविता Poetry

There are 6 books.
Showing 1 - 6 of 6 items
  • घुम्न जाउँ दोलखा

    एउटा बालकविता । यस कविताले बालबालिकालाई जनकपुर अञ्चलको सबैभन्दा उत्तरमा रहेको दोलखा जिल्लाका महत्वपूर्ण स्थानहरूबारे जानकारी दिन्छ । सरल शब्द, अनुप्रास र लयले कृतिलाई बालोपयोगी बनाएको छ । पूर्वप्राथमिक तथा प्राथमिक तहका बालबालिकाका लागि कृति तयार गरिएको हो । 

  • चित्रभित्र लुकेका शब्द

    छोरीले बनाएको चित्रका आधारमा आमाले लेखेका दुई पङ्क्तिका कविताहरूको सङ्कलन । यो सहसिर्जनाको एक उदाहरण हो ।

  • रयार्इँ रयाइँ सारङ्गी

    बीस बालकविता । शीर्षक–च च हुई, कति राम्रो भाले, थरिथरिका मखुण्डो, सर्कसको जोकर, उफ्री हिँड्छ भ्यागुता, आयो चाड तिहार, छानामाथि बिरालो, छम्छम् गर्दै नाच्छिन् बहिनी, बिग्रन्छ है बानी, कति राम्रो रूख, मामाघर, हाम्रो घरको कुकुर, चरी गीत गाउँछे, जाडो भयो जाडो, कुकुर र बिरालो, फागु, किताब साथी, गाउँ र सहर, सानो छु म उमेरले...,रयार्इँ रयाइँ सारङ्गी ।

  • बुकी

    चौध बालकविता । शीर्षक–बिहान भयो, हान्ँसका चल्ला, लवाइ, सम्भव, लोरी, झुसिल्कीरा, त्यो साँझ, छहारीमा, बुनु, कमिलाको ताँती, बचेरा, अपाङ्ग बालक बोल्छ, सान्नानी, ढुकढुकीको बोल । सङ्ग्रहका कवितामध्ये लोरी र बचेरा लामा छन् भने अरू सबै छोटा छन् । प्रस्तुतिमा भएको नयाँपन र विविधताले सङ्ग्रह राम्रो भएको छ । कृति प्राथमिक तहका बालबालिकाका लागि तयार गरिएको हो ।

  • हाम्रा गीत

    आठवटा बालगीत । शीर्षक–वानर (युद्धप्रसाद मिश्र), हाम्रा गुरु (श्यामप्रसाद शर्मा), राम्रैराम्रो (कृष्णप्रसाद पराजुली), हजुरआमासँग (दुर्गालाल श्रेष्ठ), कोल हरायो (रामबाबु सुवेदी), कपासको खेती (प्रमोद प्रधान), मेरी पुतली (प्रभा भट्टराई) र कहाँ जाने ? (बूँद राना) । यो कृति नेपाली साहित्यको बालकविताविधाका प्रतिष्ठित रचनाकारका पूर्वप्रकाशित एक÷एक बालकविताको...

  • रङ्गीचङ्गी फूल

    नौ बालकविता । शीर्षक–फूल, मीठो बोली, पानी, नेपाल, तारा, कलम, चरी, आमाको माया, पुतली । ७ देखि १२ वर्षसम्मका उमेर समूहका बालबालिकालाई ध्यानमा राखी लेखिएका यी बालकविता लयात्मक छन् । लेखिकाको यो पहिलो बालकृति हो ।